Websoft University

आ.व. २०७९-०८० को संघीय पूर्व वजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक वहस सुरु


बिराटनगर बैशाख १८ गते । रातो तारा डट कम,आ.व. २०७९÷०८० को संघीय पूर्व वजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक वहस सुरु  भएको छ। मोरंग व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघ,र पदाधिकारी, कार्यसमिति पदाधिकारी एवं सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा युवा उद्यमी व्यवसायी विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरु, बैंक तथा वित्तिय क्षेत्रका प्रमुखज्यूहरु, उद्योग संगठन मोरङका महिला उद्यमी समिति, उद्योगी व्यवसायी,संचारकर्मी,समेतको सहभागिता रहेको थियोे । यहाँ हरेक क्षेत्रमा परेका समस्य र आर्थिक समस्याका बारेमा  सुजाव बहसमा दिएको थियो ।कार्यक्रमको आजोजक संस्था राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्व क्षेत्रीय समितिका संयोजक श्री जीवन प्रसाद बंजारा, राष्ट्रिय योजना आयोग, काठमाडौंका सदस्य माननीय डा. रामकुमार फुयाल,प्रदेश योजना आयोग, प्रदेश नं. १, विराटनगरका माननीय सदस्य ज्यू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १, विराटनगरका प्रमुख सचिव श्री डा.रामप्रसाद घिमिरेज्यू,केन्द्रिय समिति, राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल, काठमाडौंका अध्यक्ष श्री गंगा बहादुर थापाज्यू,आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं.१, विराटनगरका सचिव श्री सुमन दाहालज्यू,नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. १, विराटनगरका अध्यक्ष श्री टिकाराज ढकालज्यू,नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, विराटनगरका अध्यक्ष श्री भीम घिमिरे,उद्योग संगठन मोरङ, विराटनगरका का.वा.अध्यक्ष श्री प्रदिप मुरारकाज्यू,विराट व्यापार संघ, विराटनगरका अध्यक्ष श्री नरेश कुमार खत्री,प्रदेश लगानी प्राधिकरण, प्रदेश नं. १, विराटनगरका सिईओ श्री डा. सरोज कोईराला,राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल पूर्वक्षेत्रीय समितिका सल्लाहकार तथा स्नाकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका विभागिय प्रमुख र यस कार्यक्रमको समयोजनकर्ता श्री प्रा.डा. अर्जुन बरालज्यू,नेपाल राष्ट्र बैंक, विराटनगर,सहकारी संघका केन्द्रीय उपाध्यक्ष श्री रमेश पोखरेल,पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष श्री लिलावल्लव घिमीरे,पत्रकार महासंघ मोरङ, विराटनगरका अध्यक्ष श्री सञ्जीब खनाल,समेत प्रतिनिधिहरूले आर्थिक बहसमा भागलिएका थिए।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.