Websoft University

उद्योग संगठन मोरङमा श्रम दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रम सम्पन्न


बिराटनगर  २०७८ बैशाख १८ गते। रातो तारा डट कम, अन्तराष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले सुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औ अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा सुभकामना आदान प्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो ।  


संगठनको सचिवालयमा आयोजित कार्यक्रममा श्रमिक दिवशको सुभकामना दिदै संगठनका का.वा अध्यक्ष मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकोले रोजगारदाता र ट्रेड युनियन बिचको सम्बाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान भईरहेको र आगामी दिनमा थप शशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीहरुको सामान गर्न सक्षम हुने गरि काम गर्न मे दिवशले हामी सबैलाई थप उर्जा प्रदान गर्ने बताए ।  संगठनका उपाध्यक्ष (रोजगारदाता) भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एक अर्कासंगको सहकार्य विना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधै प्राथमिकतामा राखेको बताए । 

कार्यक्रममा सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मई दिवशको अवसरमा संगठनले आयोजना गरेको कार्यक्रम प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश अध्यक्ष नारायणबाबु कार्की लगायत ट्रेड युनियनका नेताहरु एवं २५० भन्दा बढि श्रमिकहरुको सहभागिता रहेको थियो ।

सोहि अवसरमा संगठनले एक महिला र एक पुरुष श्रमिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा हिमगिरी हाइजिन प्रा.ली, बुढिगंगामा विगत २५ बर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रा.लीमा विगत ३७ बर्षदेखि अनवरत कार्यरत पुरुष श्रमिक महेश चौधरी रहेका छन । सम्मानितद्धयलाई संगठनका कार्यबाहक अध्यक्ष प्रदीप मुरारकाले खादा, माला, सम्मान–पत्र र जनही नगद रु एघार हजार पुरस्कार सहित सम्मान गरेका थिए । 

उक्त कार्यक्रममा त्यसैगरि, कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु अशोक मुरारका, शिवशंकर अग्रवाल र मुकेश उपाध्याय, उपाध्यक्षहरु राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य श्री सुरेन्द्र गोल्छा, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, इन्द्र खत्री, शौरभ सारडा, लगायतको उपस्थिती रहेको थियो । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.