Websoft University

नव निर्वाचित नगरप्रमुख तथा अध्यक्षहरुलाई सपथ ग्रहण


संखुवासभा- मोहन कुमार राई÷ जेष्ठ ४ गते । रातो तारा डट कम,स्थानीय तह निवार्चन २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनको मत गणना सम्पन्न भएपछि संखुवासभाका  स्थानीय जनप्रतिनिधि प्रमुखहरुले जिल्ला अदालत संखुवासभाका माननिय जिल्ला न्यायधिस शान्ति प्रसाद आचार्यबाट सपथ ग्रहण गर्नुभएको छ ।


जिल्ला स्थित ५ नगरपालिकाका नगर प्रमुख तथा ५ गाउँपालिकाका अध्यक्षहरुले एकसाथ सपथ ग्रहण गरेका हुन । सपथ ग्रहण गर्नुहुनेहरुमा नवनिर्वाचित खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, चैनपुर नगरपालिकाका कृणकुमार तामाङ, मादी नगरपालिकाका जीवन लिंथेप, धर्मदेवी नगरपालिकाका उदय चन्द्र पौडेल, पाँचखपन नगरपालिकाका विपिन राई, चिचिला गाउपालिकाका पासाङनुर्वु शेर्पा, भोटखोला गाउँपालिकाका वाङछेदर भोटे, मकालु गाउँपालिकाका ओङदी छिरिङशेर्पा, सभापोखरी गाउँपालिकाका भीव बहादुर लिम्बु, सिलचोङ गाउपालिकाका भुपाल राज राई रहेका छन् । 

जिल्ला अदालत चैनपुरको आफ्नै भवनमा भएको सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननिय राजेन्द्र गौतम्, प्रदेश सभा सदस्य माननिय तुलसी प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्री, निवार्चन अधिकृतहरुको उपस्थितति रहेको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.