Websoft University

शुभकामना

 


बिराटनगर बैशाख १८ गते । रातो तारा डट कम, विश्वका श्रमिक मजदुरहरूको हकअधिकार स्थापित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष अंग्रेजी महिनाको मे १ का दिन मनाइने ‘विश्व मजदुर दिवस÷अन्तर्राष्ट्रिय श्रमिक दिवस’का अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइन्छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागो शहरमा मजदुरहरूले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने निर्णय गरेपश्चात् आज हामी आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छौं ।

नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा पनि मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । वि.सं. २००७ सालमा प्रदेश नं. १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरूले प्रजातन्त्रको बिगुल फुकेका थिए । मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको म यस बेला विशेष स्मरण गर्न चाहान्छु । यस अवसरमा सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्दै प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ बैशाख १८ गते, आइतबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.