Websoft University

आज सिरुवा पर्वको खोस्रो दिन हिलो खेलेर तराइमा मनाइदै,


काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम, आज तराइमा सिरुवा पर्व मनाइदै छ । पूर्वी नेपालका राजवंशी लगायत कोच समुदायमले यो सिरुवा पर्वलाई भव्यताका साथ मनाउदै आएका छन र यो वर्षको पर्व आज बिभिन्न कार्यक्रहरु गरेर मनाइरहेका छन । 

नयाँ वर्षको अवसरमा मनाइने यो पर्व पानी, हिलो र रङ खेलेर तीन दिनसम्म मनाउने गरिएको छ । पहिलो दिन पानी, आज दोस्रो दिन हिलो र भोलि तेस्रो दिन रङहरु प्रयोग गरेर सिरुवा खेल्ने चलन रहिआएको छ । 

चैत महिनाको अन्तिम दिन बेलुका ७ प्रकारका साग मिसाएर पकाईएको बिशेष परिकार सागसागी बैशाख १ गते बिहान खाने र साँझपरे पछि गाउँका महिला नजिकका खोलामा गएर तिस्ताबुरी माताको पुजा गर्ने चलन छ । 

झापा, मोरङ र सुनसरीमा मुख्य बसोबास रहेको कोच समुदायका लागि सिरुवा पर्वले विशेष महत्व बोकेकोपाइन्छ । सिरुवा पर्वमा लगाईने हिलो, पानी र रङले वर्षभरी शरीर स्फुर्त रहने र रोग नलाग्ने कोच समुदायको धार्मिक बिस्वास छ ।

पश्चिमा संस्कृति, आगन्तुक भाषाको प्रवेश र युवाहरुले आफ्ना संस्कारसंस्कृतिमा भने कम चासो दिन थालेका बेला यो पर्वलाई प्राथमिक्ता यो पुस्ताले मनाइरहनु आजको सकारात्मक कुरा हो । यस्ता परम्परागत संस्कृतिको संरक्षणका लागि सरकारी पक्षबाट पनि पहल हुनुपर्ने राजवंशी समुदायको माग छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.