Websoft University

वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित निर्वाचित वडा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालको उपलब्धी सार्वजानिक गरे


 विराटनटर चैत २५ गते । रातो तारा डट कम, विराटनगर–११ मा पाँचवर्षको अवधीमा भएका विकासका कामहरु आज सार्वजनिक गरिएको छ ।

वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित निर्वाचित वडा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालको उपलब्धी सार्वजानिक गरेका हुन् ।

वडा अध्यक्ष न्यौपानेले वडाको भवन निर्माणदेखि सडक, विद्यालय स्तरोन्नती, नाला निर्माण, किराँत यायोख्खा चुलो निर्माण, बसपार्क निर्माणसम्ममा भूमिका निर्वाह गरेको दावी गरेका छन् । एडिबीको सहयोगमा नपरेको केसलिया रोडसहित केही सडकलाई त्यसमा समावेश गरेर निर्माण गरिएको, बसपार्कमा शौचालय निर्माण र पश्चिम–दक्षिणका सडक निर्माण, जनपथ स्वागत मार्ग निर्माण, वडाको पश्चिमी क्षेत्रको ४ किमी सडक स्तरोन्नती गरि ग्राभेल गरिएको, साना तथा छोटा २५ सडकलाई नालासहित ढलान, दशवटा सडकलाई इटाको बकेटसहित निर्माण, १८ वटा कल्भर्ट निर्माण, पोजेक्ट बाहेक ३ किलोमिटर सडक पिच गरिएको उल्लेख छ ।

यसैगरी जनपथ मा।वि।का भौतिक संरचना, अरुणोदय आधारभूत विद्यालयको संरचना निर्माण जस्ता काम गरेको उल्लेख छ । यसैगरी नहरको अतिक्रमण हटाएर पुल तथा सडक र नाला निर्माणको काम गरेको उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.