Websoft University

सुन्दरहरैंचामा बाल सदन एकेडमीले अब चाँडै नै स्नातक स्तरको पढाइ गर्ने अध्यक्ष गोविन्द कार्कीको उद्घोष


शिव भट्टराई,मोरङ चैत २१ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल सदन एकेडमीले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बाल सदन ट्यालेन्ट सो तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा बिद्यालयका अध्यक्ष गोबिन्द कार्कीले सुन्दरहरैंचामा बाल सदन एकेडमीले  अब चाँडै नै स्नातक स्तरको पढाइ हुने उद्घोष गरेका छन्। उनले वैदेशिक रोजगारमा अभिभावकको मृत्यु भएमा सो विद्यार्थीलाई निशुल्क पढाई दिने समेत बताएका छन्।त्यसैगरी उनले अति बिपन्न परिवार जो पैसाको अभावमा पढन नपाएका बिधार्थीको हकमा शिक्षामा शुल्क तिर्न नसक्ने बिद्यार्थीलाई समेत निशुल्क पढाउने बताए।


बिद्यालयले बिद्यार्थीको प्रतिभा र क्षमता बिकास गर्न किताबी ज्ञान भन्दा फरक तरिकाले छुटै अतिरिक्त क्षमता विधामा कक्षा संचालन गर्दै आएकोमा कोरोना कहरले रोकिएको कार्यक्रमलाई उनीहरुको क्षमता प्रदर्शन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रबन्ध  निर्देशक सुर्य प्रसाद दंगालले बताए।

२०७६/०७७ सालमा उत्कृष्ट ल्याउने विधार्थीलाई पुरस्कार,नृत्य, गित संगीत, तेक्वान्दो प्रदर्शन, चित्रकला प्रदर्शनी, नाटक, कबिता बाचन लगायत कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा शिक्षा शाखा प्रमुख लिला ओझाले उदघाटन गरेकी थिइन् भने सुन्दरहरैंचा प्याब्सन अध्यक्ष दिपेन राई, ज्ञान ज्योति विद्यालयका प्रिन्सिपल देवि सिटौला लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.