Websoft University

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ ः आयोजक लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश


विराटनगर । रातो तारा डट कम,मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।


जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–६ ले निर्धारित २० ओभरमध्ये १९ औं ओभरको प्रगतिमा सबै विकेट गुमाई १३१ रनको स्कोर खडा गरेको थियो । जहदा–६ का लागि अभिनाश मण्डलले सर्वाधिक ३८ रन जोडदा नितिश मण्डलले २७, विजय मण्डलले १६ र धर्मेन्द्र मण्डलले १५ रनको योगदान दिएका थिए । जहदा–६ का लागि अभिषेक मण्डलले २ विकेट लिँदा विकेश मण्डलले पनि २ र नितिश मण्डलले १ विकेट लिएका थिए ।

१३२ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लबले १८ औं ओभरको प्रगतिमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो । लक्ष्मिनिया युवा क्लबका लागि श्यामसुन्दर मण्डलले १३ बलमा २९ रन बनाउँदा अंकित सिंह राजपुतले पनि २९, खेलका ‘म्यान अफ द म्याच’ अभिषेक सिंहले २७, जयकृश मण्डलले १२ र अभिषेक साहले ९ रन जोडेका थिए । क्लबका लागि अभिषेक सिंह ५ विकेट लिँदा श्यामसुन्दर मण्डलले २ र देवराज महतो, बलराम कामत तथा अंकित सिहं राजपुतले १÷१ विकेट लिएका थिए ।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको पहिलो सेमिफाईनल बुधबार जहदा–४ र जहदा–२ बिच हुनेछ । दोश्रो सेमिफाईनल बिहीबार लक्ष्मिनिया युवा क्लब र जहदा–५ बिच हुने आयोजक संस्थाका अध्यक्ष नितेश कुमार साहले बताए । टुर्नामेन्टको फाईनल खेल बैशाख ३ गते हुने उनले जानकारी दिए ।

खेलको विजेता तथा उप–विजेताले भने क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्ने जनाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.