Websoft University

 


श्याम राई÷उदयपुर  गाईघाट, २३ चैत्र । रातो तारा डट कम, किशोरी हत्यामा संलग्नहरुलाई सार्वजनिक गर्न माग राख्दै बुधबार उदयपुरको रामपुर बजारमा स्थानीयहरुले प्रदर्शन गर्दै ईलाका प्रहरी कार्यालय घेराऊ गरेकाछन् ।

घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिहरुलाई सार्वजनिक नगरेको भन्दै बजार क्षेत्रको विभिन्न ठाउँहरुमा चक्का जाम गरेर उनीहरुले प्रदर्शनगरि रहेकाछन् ।

बेलका नगरपालिकाको बुद्धचौकमा, किरात चौक, नगरपालिका मार्ग लगायतका ठाउँहरुमा हत्याको विरोधमा स्थानीय बासिन्दा, पिडित परिवार र विद्यार्थीहरुले विहानैदेखि सडक अवरुद्ध गरेर यातायात ठप्प बनाएकाछन् ।

बेलका नगरपालिका–६ की कक्षा–१० मा अध्यनरत १६ वर्षिया किशोरी कविता सुनुवारको मंगलबार विहान ट्युशन पढ्न जाने क्रममा भएको थियो । टाउँकोमा ढुंगा र वियरको बोटल प्रहारगरि किशोरीको हत्या गरिएको अवस्थामा खोल्सिमा शब भेटिएको थियो । प्रहरीले घटना लगतै मंगलबार साँझ किशोरी हत्याको आशंकामा नजिकैको सहपाठी बेलका–३ बस्ने १९ वर्षिय विनोद ढकाल र ढकालकी काकाकी छोरी १७ वर्षिया सरीता ढकाल (खत्री ) लाई पक्राऊ गरेको छ ।

मृतक किशोरीको परिवारबाट किटानी जाहेरीबाट उनीहरुलाई पक्राऊगरि अदालतबाट म्याद थपगरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए ।

हत्या आरोपीत ढकाल द्धयको भूमिका शंकास्पद देखिएकोले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको उनले बताए । मृतक र उनीहरु लामो समयदेखि मनमुटाब रहेको प्रहरीले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.