Websoft University

बैशाख ३० गते हुने स्थानीय तह को निर्वाचनमा पुन उम्मेदवार बन्न बिराटनगरका १३ जनप्रतिनिधि दिए राजिनामा

 


विराटनगर बैशाख ८ गते । रातो तारा डट कम,आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन्। विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको  छ।

राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदार रहेका छन्। त्यसैगरि सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुक रहेका छन्। विराटनगर ११ का वडाध्यक्ष न्यौपानेले आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस गरेकाले पद बाट राजिना दिएको उनले बताए। 

विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन्। गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो। 

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागु गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.