Websoft University

व्यावसायीक पत्रकारीता भन्दा पाटी पत्रकारीता हावी भएको ठाउमा आचारसंहिताको पालना सञ्चार माध्यमले गलान ?


काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम, निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले सञ्चार माध्यमलाई अनुरोध गरेको छ । मतदाता आकर्षित गर्न उम्मेद्वारहरूले सञ्चार माध्यमको प्रयोग गर्ने र यसक्रममा आचारसंहिता उल्लङ्घन हुन सक्ने भएकाले सचेत रहन बेलैमा अनुरोध गरेको छ  । 

नेपाल पत्रकार महासङ्घले पनि यो समयमा थप सजक बनि आचारसंहिता पालना भएनभएको अनुगमन समेत गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले सञ्चार माध्यमले निष्पक्ष भएर सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा १ सय ६० सञ्चारमाध्यमलाई गलत सुचना सम्प्रेषण, आचारसंहिताको उल्लङ्घन र भ्रामक सुचना सम्प्रेषण गरेको भन्दै स्पष्टिकरणको लागि पत्राचार गरिएको थियो । आचारसंहिता राजनीतिक दल वा उम्मेद्वारले मात्रै नभइ सञ्चार माध्यमले पनि पालना गर्नुपर्ने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । 

आचारसंहिता उल्लङ्घन भएको प्रमाणित भए स्पष्टीकरण माग गर्नेदेखि सञ्चारमाध्यम र पत्रकारलाई कालो सुचीमा राख्ने तथा १ लाख सम्म जरिवाना लिने सम्मको कारबाही हुने आयोगले जनाएको छ । 

राजनीतिक दलले आचारसहिंताको उल्लङ्घन गरे खवरदारी गर्न र मतदातालाई निर्वाचनमा सहभागी हुन उत्प्ररित गर्ने खालका सुचना आमसञ्चार माध्यमबाट अपेक्षा गरेका आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनु भयो । 

निर्वाचन आचारसंहिता अनुसार सञ्चार माध्यमले झगडालाई प्राथमिकता दिनु हुँदैन भने दल र उम्मेद्वारलाई होच्याउन वा अनावश्यक गुणगान गर्न पाइँदैन । कसैको पक्ष वा विपक्षमा समाचार बनाउन पाइदैन । सञ्चार माध्यमले पक्षको मात्रै समाचार वा अन्र्तवार्ता प्रकाशन÷प्रसारण गर्न पाइँदैन । 

निर्वाचनमा सञ्चार माध्यम थप संयमित हुनुपर्ने विज्ञ किरण चापागार्इँले बताउनु भयो । तर अहिले पत्रकार नाम मात्र हो । सबै पाटी पत्रकार पत्रकारीता भएकाले पहिला पाटीले खोलेका पाटीनै पिच्छेका पत्रकार संगठनहरु बन्द गराउनु पर्यो नि । नेपालमा कहा व्यावसायीक पत्रकारीताछ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.