Websoft University

नोबेलमा सुरु भयो खेलकुद उत्सव


विराटनगर, ५ वैशाख । रातो तारा डट कम, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् ।


कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै प्रिन्सिपल डा.घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार र डा.दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुँने भन्दै खेलकुद उत्सव सफलताको शुभकामना दिए ।


सात दिनसम्म सञ्चालन हुँने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम र म्याराथन खेल हुनेछन् । त्यस्तै पब्जी, फिफा र मिनिमिलेसिया जस्ता अनलाइन खेल हुनेछन् । यता, महिलातर्फ क्रिक्सल र फुटसल खेलाइने आयोजकले जनाएको छ । कार्यक्रममा हाडजोर्नी विभागका प्रमुख डा.उदयचन्द्र चौधरीले खेलकुद उत्सवको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका छन् ।

नोबेलका विद्यार्थीहरुले हरेक बर्ष स्पोर्टस फियस्टा गर्दै आएका छन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.