Websoft University

तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई


विराटनगर । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भागलिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई विदाई गर्नुभएको छ । 


मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो ।

तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) अरुण डाँगी, रुद्र दनुवार,सिद्धार्थ प्रधान, श्याम थापा (झापा), जीवनकुमार तामाङ, संयोग लिम्वु, युकेश भट्टराई, शिव खड्का, आर्यन कट्वाल, सुसन थापा (सुनसरी), रोशन चौधरी (उदयपुर) सिजन बुढाथोकी, प्रवेश चापागाई (झापा), 

महिला तर्फ शुभना धिमाल, नेहा चौधरी, आश्मा राई (मोरङ) छोटी शेर्पा , निर्जला गुरुङ, (ओखलढुङ्गा), रेनुका विक, सञ्जु विक, विनिता माझी (उदयपुर), सृजना तामाङ, समीक्षा लिम्वु, दिया लिम्वु, रिसिका भुजेल, (सुनसरी), संगीता तामाङ (इलाम), दीपा दुक्पाउ (संखुवासभा)लाई मन्त्री राईले विदाई गर्नुभएको थियो । 

यस्तै थाई बक्सिङका युकेश धिमाल र एरिक राईलाई विदाई गरिएको छ । मन्त्री राईले दुवै खेलका प्रशिक्षकहरुलाई पनि विदाई गर्नुभएको थियो ।

सामाजिक विकास मन्त्री राईले उत्कृष्ट खेल प्रदर्शन गरि छनौट भएर आउन पनि शुभकामना दिनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.