Websoft University

सहारा नेपाल साकोसद्वारा महिला लक्षित तरकारी उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सहारा नेपाल साकोसद्वारा महिला लक्षित तरकारी उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न ।


प्रदेश नं १ मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमटेड विराटचोक सेवा केन्द्रको आयोजनामा १ दिने तरकारी उत्पादन तथा व्यवस्थापन तालीम सुरु गरिएको छ।


बिहिबार सुरु गरिएको तालिममा नेपाली कांग्रेसका नेता ललित बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने इन्दिरा राईको अध्यक्षता रहेको थियो।तालिममा प्रशिक्षक राजेन्द्र प्रसाद खरेलले प्रशिक्षण दिएका थिए। त्यसैगरी उक्त कार्यक्रममा सहारा नेपाल साकोस सेवा केन्द्र विराटचोकका प्रमुख मोतिखर सञ्जेलले स्वागत मन्तव्य साथै अनुगमन अधिकृत महेश तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए।

विशेष गरी महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा बोल्दै प्रमुख अतिथि ललित बहादुर श्रेष्ठले यस तालिमले महिलाहरुलाई अर्गानिक तरकारी उत्पादन तथा व्यवस्थापनका लागि सहयोग पुर्याउने बताउँदै यस तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।

यस्तै कार्यक्रममा सहारा नेपाल साकोसका कर्मचारीहरु समीर खवास, नारायण चौधरी र ममता घिमिरे सहित धेरै महिलाहरुको सहभागिता रहेको थियो भने सो कार्यक्रम प्राविधिक सञ्जित यादवद्धारा सञ्चालन गरिएको थियो।यस सहारा नेपाल सकोसले अगाडि पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको र आउँदा दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने आयोजकले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.