Websoft University

प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ


मोरङ, फाल्गुन ३० गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन । हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.