Websoft University

मृतक सीता राउत कार्कीका परिवार संग सहमति भयो।

 


गाईघाट २२ फागुन । रातो तारा डट कम,गर्भवती महिला मृत्यु प्रकरणमा जिल्ला अस्पताल उदयपुर संग सहमती पश्चात मृतकका आफन्तहरुले शव जिम्मा लिएर आन्दोलन स्थगित गरेका छन् । त्रियुगा नगरपालिका गाईघाटका मेयर बलदेव चौधरीको सक्रियतामा भएको वार्ता पछि आन्दोलनरत पक्ष सहमतीमा आएका छन् । शनिवार राती दुवै पक्ष विच सहमती भएको हो । चिकित्सकको लापरवाहीको कारण उदयपुरको उदयपुरगढी गाउपालिका वडा. न.६ नेपालटारकि ३१ वर्षिया सीता राउत कार्की को फागुन २० गते अस्पतालमा मृत्यु भएको थियो । चिकीत्सकले नर्मल डेलीभरी हुने भन्दै तिन दिन देखि मृतकका श्रीमान् लाई झुकाउदै आएको र अन्तमा गर्भवतीको मृत्यु भएपछि चिकित्सकको लापरवाही लाई प्रमुख कारण मानीएको थियो । मृत्युको घट्नाले आफन्तजन र स्थानिय वासिन्दाले अस्पताल तोडफोड गर्नुको साथै केही चिकित्सक माथी हातपात गरेको थिए । मृतकका परिवारलाई क्षतिपूती र उपचारमा संलग्न डाक्टर लाई कार्यवाहीको माग राख्दै पिडित परिवारले शव नउठाई  आन्दोलन गरीरहेको थिए ।मृतककि दुई  छोरीको पठन पाठनको लागी त्रियुगा नगरपालिका ले १ लाख ५० हजारको कोष स्थापना गर्नुको साथै उक्त कोषमा अस्पताल बाट समेत १ लाख सहयोग गर्ने प्रतिवद्धता आएपछि दुवै पक्ष विच सहमती जुटेको मृतककी भिनाजु सूर्य पोखरेलले बताए। घटनाको बारेमा जिल्ला अस्पतालले अनुसन्धान गर्न छानविन समिती गठन गरेको छ । समितीले दिएको प्रतिवेदनको आधारमा प्रकृया अघि बढाउने अस्पतालले जनाएको छ । मृतको शवको आइतवार हिन्दु परम्परा अनुसार दाह सस्कार गरीएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.