Websoft University

प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगितामा सुनसरी र झापा विजयी

 


विराटनगर । प्रथम  “इक्युवालिटि कप महिला क्रिकेट २०२२”  प्रतियोगितामा सुनसरी र  झापा विजयी भएका छन् । 

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरी र  झापा विजयी भएका हुन् । 

पहिलो खेलमा सुनसरीले मदेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको छ । पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ४३ रनको झिनो स्कोर बनाएको थियो । सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिइन् । सप्तरीका ७ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए । सुनसरीकी वुमेन अफ म्याच सपना साहले ३ विकेट लिँदा प्रिया मलाहाले पनि ३ विकेट लिइन्  ।

४४ को झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । 

दोस्रो खेलमा नेपालका अन्तर्राष्ट्रिय खेलाडिले भरिएको झापाले मोरङलाई  विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४०रनको झिनो स्कोर बनाएकोथियो । मोरङकी  कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटरले खाता नखोलि पवेलियम फर्केका थिए ।  झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिँदा ज्योती दनुवारले पनि ३ ओभरमा ५ रन दिएर २ विकेट दिएकी थिइन् । ४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा ९ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् । भोरङ एक विकेट रन आउटमा पायो ।  सोमबारको पहिलो खेल झापा र सप्तरी दोस्रो खेल सुनसरी र मोरङविच हुने छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.