Websoft University

सिकार खेल्दै गरेको अवस्थामा मृग सहित मानिस पक्राउ्


मोहन कुमार राई - फाल्गुण १७ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका वडा नं.. ७ वालेश्वर गुफा नजिकैबाट एक सिकारी पक्राउ परेको छ ।

चैनपुर नगरपालिका वडा नं. ७  स्थित फलाटे बस्ने वर्ष ३५ को दिलबहादुर श्रेष्ठ सिकार खेल्दै गरेको अवस्थामा पक्राउ परेको छ । एक नाल भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा गोलिको रुपमा प्रयोग गरिएको सिसाका ३ वटा गोलाकार टुक्रा र बोराभित्र रतुवा जातकोे मृत भाले मृग सहित फेला पारी इलाका प्रहरी कार्यालय चैनपुर ल्याएको थियो । उक्त मृत मृग पोस्टमार्टमको लागि चैनपुर सब डिभिजन कार्यालय, पोखरी संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको समेत मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक शुभेस अधिकारीले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.