Websoft University

सम्पूर्ण पार्टी कार्यकर्ता लाइ आसन्न स्थानीयतहको निर्वाचनमा परिचालित हुन आह्वान

 


काठमाण्डौं । रातो तारा डट कम,नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले  पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरुको समीक्षा,बर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण आगामी निर्वाचन र आगामीकार्य योजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पोलिटब्यूरो बैठकमा  अध्यक्ष नेपालले पार्टीको सम्पूर्ण शक्तिलाई पूर्ण उत्साहका साथ कृयाशिल हुन आफूहरुले प्राप्त गरेका उपलव्धिहरुमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पंतिलाई आसन्न स्थानीयतहको निर्वाचनमा परिचालित गर्न आह्वान गरेका थिए ।ए

मसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्ने विषयमा आफूहरुले धेरै नै सुझबुझपूर्ण  निर्णय गरेको, अहिलेको राजनीतिक परिस्थितिमा  संसदले ब्याख्यात्मक घोाव्णाका साथ पारित गर्नाले हामीले उठाईरहेको आवाजलाई राष्ट्रिय अडानको रुपमा परिणत गर्न सफलता प्राप्त गरेको, पार्टी तथा देशमाहुन सक्ने विभिन्न प्रकारका क्षतिहरुबाट देशलाई जोगाएको धारणा राख्दै ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ,जहिले पनि देशको हीतलाई केन्द्रबिन्दूमा राखेर काम गर्ने बताएका थिए । एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्दा हामीले आफ्नो सिद्धान्तलाई तिलाञ्जली गरेका होईनौ बरु  देशको परिस्थितिलाई मध्यनजर गर्दै गठबन्धनको  साझा निर्णय गरेको बैठकपछि महासचिव बेदुराम भुसालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

 आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको बताईएको छ । नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ जना सदस्यहरुले टिप्पणी गरेका छन् । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सवैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । 

एमसिसीबारे मतभेद भएपनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् ।  पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने कार्ययोजना छ ।

बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णयलिएको बताएकाथिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए । 

पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.