Websoft University

चर्को बैंक व्याज सम्बन्धी असमती जनाउदै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाए


काठमाडौ २०७८ फागुन २९ गते । रातो तारा डट कम, आइतबार मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले माननीय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यू र माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै निवर्तमान अध्यक्ष मून्दडाज्यूले मुलुकको आर्थिक मेरुदण्डीय निजी क्षेत्रका उद्योग÷व्यवसायहरुले हाल बढ्दो व्याज दरको मार खेप्नुका साथै हाल विभिन्न कारणले पूँजी अभावको अवस्था श्रृजना भएबाट उद्योग÷व्यवसायहरु धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको श्रृजना भएको बताउनु भएको थियो ।

साथै, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले बैंकहरुले हाल संस्थागत निक्षेपमा १० प्रतिशत सम्म व्याजदर कायम गरेको र आगामी चैत्रमा बैंक व्याजदर ११ प्रतिशत सम्म पुग्न सक्ने समेत सम्भावना देखिएको बताउनु भई हालका लागि संस्थागत निक्षेपमा अधिकतम् ६ प्रतिशत बैंक व्याजदर कायम गराउन र तरलता अभावको समस्या न्यूनिकरण गराउन सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यू र माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू समक्षअनुरोध गर्नुभएकोथियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू सहित पूर्वअध्यक्ष श्री महेश जाजूज्यू, पूर्व अध्यक्ष श्री पवन कुमार सारडाज्यू, उपाध्यक्ष ९उद्योग० श्री बिकास कुमार बेगवानीज्यू, का।का।सदस्यहरु श्री दिपेश सुवेदीज्यू, श्री अमित सारडाज्यू, श्री पवन राठीज्यू, श्री देवाशिष गोल्छाज्यू, श्री सुशिल सुरानाज्यू र श्री गोपाल अग्रवालज्यूको उपस्थित रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.