Websoft University

दश जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउन आज देखि सुरु गर्ने


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम आजबाट सञ्चालन हुदैछ ।

  यो वर्ष घरघरमै गएर हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ भने  हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम रहेको छ ।

सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो । 

झापा, बारा, लमजुङ, पर्वत, बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाइने छ भने मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाइने कार्यक्रम रहेको महाशाखाले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.