Websoft University

आसरा सुधार केन्द्र पानवारी धरानको स्वामित्व प्रदेश प्रहरीलाई हस्तान्तरण गर्दै चौथो बार्षीक उत्सव सम्पन्न


सुनसरी धरान पानबारी २०७८ चैत्र ०१ गते । रातो तारा डट कम, यस अघी आसरा सुधार केन्द्र रानीवारी, महाराजगंज, काठमाडौंको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानवारी अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण जिम्वेवारी रहने गरी स्वामित्व हस्तारण गर्दै आसरा सुधार केन्द्र, पानवारी धरानको चौथो बार्षीकोत्सव भब्यताका साथ सम्पन्न भएकोछ ।केन्द्रको प्राङगणमा आज भएको एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुद्धघान गर्नु भएको हो  ।


आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुर्व्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथी श्रीमती सिर्जना थापाले केन्द्रका कर्मचारी तथा बिभिन्न खेलकुद बिधामा प्रथम भएका उपचाररत सदस्यहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्र।ना।म।नि। अरुण कुमार बि।सी।, पुर्व प्रहरी नायव महानिरीक्षक ज्ञान बिक्रम साह, आसरा सुधार केन्द्र धरानका संचालन समितिका सदस्यले शुभकामना तथा मन्तब्य राख्नु भएको थियो ।

आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक बिकाशराज खनालको सभापतित्वमा सम्पन्न चौथो बार्षिकोत्सवको अवसरमा प्रउपचाररत सदस्यहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरु र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.