Websoft University

नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै,


काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ आज बिहानै देखि महिला दिवस मनाइरहेको छ । 

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं.१९६६)देखि संसारका महिलाअरुमा जागरण ल्याएर पिछडिएकालाई अगाडी ल्याउने उश्यबाट हरेकवर्ष सन् १९०९देखि अन्तर्राष्ट्रिय यो नारी दिवस मनाइदै आएको हो ।

सन् १९१४ देखि मात्र हरेक वर्षको अङ्ग्रेजी महिनाको मार्च ८ तारिखमा श्रमिक महिला दिवस मनाउन लागिएको हो । यो ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्रै नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन थालिएको पाइन्छ ।

नेपालको संविधान २०७२ ले महिलाको सहभागिता सुनिश्चिततका लागि विभिन्न व्यवस्था गरेको छ । जसअनुसार ३३ प्रतिशत सहभागिता गराउनैपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण संसद्मा महिलाको उपस्थिति सम्मानजनक छ । 

संघीय संसद्मा  दुई सय ७५ सदस्यीय हुने व्यवस्था अनुसार महिलाको सङ्ख्या ९० रहेको छ । यसमध्ये ६ जना प्रत्यक्ष निर्वाचित छन् भने ८४ जना समानुपातिक सांसद हुन् । त्यस्तै, ५९ सदस्यीय राष्ट्रिय सभामा २२ जना महिला सांसद छन् ।

प्रदेश सभामा पनि ३३ प्रतिशत महिला छन् । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्त्व छ । तर, अधिकार कार्यान्वयनको पाटो अझैँ फितलो छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.