Websoft University

चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट आजबाट गर्नु हुदै–वाङले काठमाडौँबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुने


काठमाण्डौ चैत रातो तारा डट कम, चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आजबाट उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली हिजो दिउँसो ३ बजे नेपाल आएको हो । वाङ आज बिहान काठमाडौँको शिवपुरीको हाइकिङमा जानु भएको छ । 

उहाँको भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ । हाइकिङबाट फर्किएपछि विदेशमन्त्री वाङले आफ्ना समकक्षी परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नुहुनेछ । भेटघाटको क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम छ । विदेशमन्त्री वाङले भ्रमणकै क्रममा काठमाडौँबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुने छ । 

भ्रमणको तेस्रो दिन भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ । भोलिको भेटघाट सकेर वाङ नेतृत्वको टोली भोलि नै स्वदेश फर्किने छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.