Websoft University

अवैध समान बोकेको गाडी सहित चालक नियन्त्रणमा


इलाम, चैत्र ८ गते । रातो तारा डट कम,इलामको रोङ गाउँपालिका ४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-१-१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४(बोरा)  हार्ड छुर्पी बरामद गरेको हो ।

अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका २ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.