Websoft University

महिला क्रिकेट विकास गर्न “इक्युवालिटि कप क्रिकेट २०२२”


विराटनगर फागुन २० गते । रातो तारा डट कम, महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम  “इक्युवालिटि कप क्रिकेट २०२२” को  आयोजना  हुने भएको छ ।

आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।  नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ देखि फाल्गुन २४ गतेसम्म वैजनाथपुर क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने  फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए । 

प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरि ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सभागि हुने  सहभागिता हुने कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए  । यसपाली पहिलो पटक भएकोले ४ टिम सहभागि भएको आगामी बर्ष थप जिल्ला समावेश गरी यसलाई  बृहत बनाउने योजना रहेको  कार्यकारी श्रेष्ठले बताए । 

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलले फाइनले खेल्ने आयोजकले जनाएको छ । खेल  टि–२० फर्माटमा खेलाइने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.