Websoft University


सुनसरी चैत ३ गते । रातो तारा डट कम,इटहरी उपमहानगरपालिका द्वारा निर्माण गरिने थारुकल्याण कारिणीसभा इटहरीको सभाभवनको इटहरी ५ मा शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गर्नुभयो ।

उहाँले आफना स्वर्गीय पीता नाथुराम चौधरीको स्मृतिमा भवन निर्माणका लागि आफनो तर्फवाट एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । यसैगरि भवनको एउटा कोठा निर्माण गरिदिने घोषणा गर्नुभयो । वडाध्यक्षहरु दिप नारायण चौधरी र रोहित कुमार चौधरीले पनि सभाभवनको एक एक वटा कोठा निर्माण गर्ने प्रतिवद्धता जनाएको प्रमुख चौधरीले सुनाउनुभयो । वडाध्यक्षहरुसँग समन्वय गरेर वडास्तरीय वजेटवाट यो वर्ष १० लाख रुपियाँ सभाहल निर्माणका लागि छुटयाइएको प्रमुख चौधरीले जानकारी दिनुभयो । वहुवर्षे योजना अन्र्तगत सभाहल निर्माण गरिने उहाँले वताउनुभयो । थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरीले सभाको भवन निर्माणका लागि पहल गरिदिनुभएकोमा इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाई इटहरी वडा नम्वर ५ का वडाध्यक्ष कल्याण वहादुर कार्कीका साथै पूर्व वडाध्यक्ष वन्नुलाल चौधरी,थारु कल्याणकारिणीसभा इटहरीका पूर्व अध्यक्ष दु खीलाल चौधरी,सभाकी इटहरी उपाध्यक्ष शुशीला चौधरी,श्याम चौधरी र रामरोहन चौधरी लगायतले सम्वोधन गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.