Websoft University

मह जोडीद्धारा बासुदेबको ‘घाम आउँछ छायाँ दिन्छ’ बिमोचित

 


काठमाडौं, २२ फागुन। रातो तारा डट कम,आग्रह गायक तथा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकाको सँगतले आफु गायक भएको अर्का हास्य अभिनेता हरिबँश आचार्यले बताएका छन् । अग्रह हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले आईतबार राजधानीमा एक समारोहबीच गीतकार बासुदेब अधिकारीको नयाँ गीतिसँग्रह ‘घाम आउँछ छायाँ दिन्छ’को बिमोचन गरेका छन् । सोही कार्यक्रममा हरिबँशले आफु गायक बन्नमा मदनकृष्णकै हात रहेको जिकिर गरेका हुन् । 


आचार्यले समय अनुसार गीत परिवर्तन भएको बताए । नयाँ पुस्तामा एक थरीका गीतहरु राम्रा आएको र अर्का थरीका गीतकारहरुले गीतको नाममा जे पनि लेख्ने गरेको बताए । दुई दुशक अघि आफु राष्ट्रबैंकबाट निस्कासित भएपछि बासुदेब राष्ट्रबैंकमा जागिरे भएको स्मरण हरिबँशले गरे । बासुदेवका गीतहरु गम्भिर रहन शैलीका रहेको उनले बताए । 

नौ वटा गीत रहेको यो सँग्रहका सबै गीतहरु शब्द र गायनका हिसावले राम्रो रहेको अग्रज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले बताए,‘आजकाल गीतको नाममा जे पनि गाउने क्रम बढेको छ । तर बासुदेबजीले लेख्नु भएका गीतहरु निकै राम्रा रहेछन् ।’ 

सँग्रहमा रहेको नौ मध्यको एक गीत सास रैछ सास...को भिडियो सो कार्यक्रममा सार्वजनिक गरियो । साँस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेको सो भिडियोमा उत्तम केसी, भिमा मैनालीसहित विभिन्न कलाकारको अभिनय थियो । मधुकर लोहनीले सँगीत गरेको यो गीतलाई सँजय तुम्रुकले गाएका हुन् । 

सँग्रहमा माटो पार्खिँदैछ..., रोल्वालिङ खोली..., सुन साथी..., बुद्ध बन..., साउने झरी..., खरी झ¥यो..., समय छ..., घाम छायाँ...बोलका गीतहरु छन् । यी गीतहरुमा मधुकर लोहनी, विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समालको सँगीत छ । यी गीतहरुमा मधुकर सहित राजेश पायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, दीपेन्द्र बिक्रम थापा र बलराम समालले स्वर दिएका छन् । 

आफुले बिगतमा विभिन्न कवितासँग्रहहरु ल्याए पनि गीति सँग्रह ‘घाम आउँछ छायाँ दिन’ यतीबेला बजारमा ल्याएको गीतकार बासुदेबले कार्यक्रममा बताए । उनको गीतहरु माथि गीतकार डा. कृष्णहरि बराल, सँगीतकार शिलाबहादुर मोक्तान, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईलगायतले समीक्षा गरे ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.