Websoft University

पूर्वाञ्चल पब्लिक स्कुलले मनायो १३ औं बार्षिकोत्सव,सुन्दरहरैंचाका मेयर सम्मानित


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वन्चल पब्लिक स्कुलले १३ औं बार्षिक उत्सब एवम अबिभाबक तथा भबन समुदघाटन सम्पन्न गरेको छ।


बिद्यालयको आफ्नै प्राङ्गणमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कार्यक्रमको औपचारिक उदघाटन गरेका छन्। प्रमुख अतिथी रहेका रायमाझीले अथक प्रयास गर्दै आफ्नो क्षेत्रमा रहेको पुर्वान्चल बिश्वबिधालयका लागि  ४० करोड  सरकारसंग माग गरेकोमा सरकार सकारात्मक रहेको भन्दै बिश्वबिधालयमा छिट्टैनै एमबीबीएस को पढाइ थालनी हुने बताए।महिला र पुरुषका लागि खुल्ला कारागार निर्माण गर्न र कृषि पर्य

टनलाई बिकास गर्न लागि परेको धारणा ब्यक्त गरे।

उक्त अवसरमा  बिद्यालयले गत बर्ष झै गर्दै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष पनि सम्मान कार्यक्रम गरेको थियो।सोही अवसरमा सुन्दरहरैंचा नगरपालिका  नगरप्रमुख शिव प्रसाद ढकालको योगदानको उच्च कदर गर्दै  देशभर मध्ये उत्कृष्ट १० नगर प्रमुखमा पर्न सफल ढकाललाई बिधालयले सम्मानित समेत गरेका छन्। सम्मानित नगर प्रमुख ढकालले सुन्दरहरैंचा नगरपालिकाले निजि तथा सामुदायिक बिधालयमा एउटै किसिमको पाठयक्रम लागू गर्ने बताए।

बिद्यार्थीको प्रतिभा र क्षमता बिकास गर्न विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण कार्यक्रम तथा सांस्कृतिक बिबिध कार्यक्रम गरे। त्यसै गरि उत्कृष्ट शिक्षक, अभिभावकहरुलाई सम्मान, उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार गरेको थियो।बिधालयका प्राध्यापक सन्तोष राईले बिधालयमा बिधार्थीको गुणस्तर सुधार्न डिजिटल मार्फत कक्षा संचालन गर्ने बताएका छन् भने सोही विद्यालयका अध्यक्ष मोहन ढकालले उक्त विद्यालयलाई सुन्दरहरैंचा कै नमूना विद्यालयको रूपमा स्थापित गर्न टिम अघि बढिरहेको बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.