Websoft University

ठगी गरी फरार भएका महिला लघुवित्तका कर्मचारी पक्राउ


सुनसरी । रातो तारा डट कम, सुनसरी इटहरी उपमहानगरपालिका  वडा नं. १३ स्थितमा रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयमा कार्यरत कर्मचारी जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ०१ लखनतरी वस्ने वर्ष २४ को रोसन कुमार माझिलाई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं। १३ स्थितमा रहेको सनराईज बैक लिमिटेड शाखा कार्यालयमा कार्यालयको कामको लागि रकम निकाल्न भनि रु.९,८०,०००्- (नौ लाख असी हजार) को चेक लिई गएकोमा उक्त बैकवाट उल्लेखित रकम निकाली सो रकम र जिल्ला सुनसरी इटहरी उ।म।न।पा। वडा नं। १३ स्थित रहेको केन्द्र नं। १२ वाट कलेक्सन गरेको रकम रु।१९,९८०्(उन्नाईस हजार नौ सय असी) रकम गरी जम्मा रु।९,९९,९८०्(नौ लाख उनान्नसय हजार नौ सय असी) नगद रकम लिई ठगी गरी अपराधिक विश्वासघात गरी सम्पर्क बिहिन भै भागी फरार भएको भन्ने सम्बन्धित लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयको सुचनाको आधारमा निज ठगी गर्ने रोसन कुमार माझिको यस कार्यालयवाट तदारुकताका साथ निरन्तर खोजतलास भैरहेकोमा यस कार्यालयवाट खटि गएको प्रहरी टोलीले निज रोसन कुमार माझिलाई जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं। १५ स्थित नेपाल भारत सिमाना नजिक रहेको मिस्टी गेष्ट हाउसको कोठा नं। १०४ मा मिति २०७८।१२।०२ गते बेलुका अ।०५३५ बजेको समयमा फेला पारी पक्राउ गरी निज उपर ठगी तथा अपराधिक विश्‍वासघात मुद्धा शिर्षकमा आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट दिन  ७  को म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैरहेको ।

साथै निज रोसन कुमार माझिले उक्त महिला लघुवित्तको रकम ठगी गरी रकम लिई भागी फरार रहि भारतको नयाँ दिल्लीमा गई फर्केको समेत प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको ।

निज रोसन कुमार माझिको साथवाट बरामद दशीको विवरणः(

भारतीय नगद रु।३,४५,२००्(तीन लाख पैतालिस हजार दुई सय)।

नेपाली नगद रु।२४,१७५्(चौविस हजार एक सय पचहत्तर) भारतीय सिम कार्ड थान २ ।

 म्पनिको मोवायल सेट थान १ ।  राहदानी (पासपोर्ट) थान १ । टिकट थान २ । नेपाली नागरिकता थान १ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.