Websoft University

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु ७ जना घाईते

 


ओखलढुङ्गा, २०७८ फाल्गुन २२ गते । रातो तारा डट कम,ओखलढुंगाको सिद्दिचरण नगरपालिका-५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्र सडक खण्डको माम्खामा दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेमा ओखलढुङ्गा  चिसंखुगढ गाउँपालिका -३ दियालेकी ३८  बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आज बिहान ८ बजे  ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर  दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.