Websoft University

जिल्ला अदालतमा गएराती तोडफोड


पोखरा । रातो तारा डट कम, कास्की जिल्ला अदालतमा गएराती तोडफोड भएको छ । गएराती ६ नम्बर इजलाशको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएकोले चोरि भएको आशंका रहेको छ । २ तला माथि रहेको ६ नम्बर इजलाशमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेका छन् ।


इजलाशबाट सामानहरु हराएको वा होइन भन्ने विषयमा अहिले छानविन भइरहेको छ । दराजमा रहेका महत्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका प्रहरीको रहेको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।


मंगलबार राति तोडफोड भए पनि बुधबार बिहान कार्यालय सफा गर्ने क्रममा मात्रै जानकारी भएको अदालतले जनाएको  छ । ढोका फोड्न प्रयोग भएको छड बरामद भएको प्रहरीले जानकारी दिएको छ । तोडफोड भएको ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आउनुभएको थियो ।


खास के भएको थियो सुचना अधिकारी निल प्रसाद पनेरु  हामीसंग के भन्छन यो भिडियो हेर्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.