Websoft University

आज विश्व क्षयरोग दिवस–क्षयरोगको संखा लागे स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र जाऔं ।


 काठमाण्डौ चैत १० गते । रातो तारा डट कम, नेपालमा बर्सेनि झण्डै ४५ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसका कारण सन् २०५० सम्म नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यलाई चुनौती दिएको छ । 

नेपालमा गत आर्थिक वर्षमा मात्रै २८ हजार ६ सय ७७ जना क्षयरोगका नयाँ बिरामी भेटिएका थिए । आज विश्व क्षयरोगविरुद्धको दिवस विश्वभरी मनाइ मनाइँदै र नेपालमा पनि बिभिन्न कार्यक्रहरु गरेर मनाइरहेका छन । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालमा पनि यो दिवस मनाइँदै छ ।

सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आए पनि मानिसहरुमा चेतनाको अभावका कारण अझैँ पनि रोग लुकाउने गरेको पाइन्छ । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र रातिराति ज्वरो आउने लक्षण देखिए क्षयरोग भएको हुनसक्ने चिकित्सकहरू भनाइरहेको हुदा यस बारेमा सबैले सचेत रहनु पर्दछ ।  

कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरूको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले अनुरोध गरेको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.