Websoft University

दमक गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम, झापा–दमक गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ । दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजनागरेको प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा आजदेखि हुने प्रतियोगितामा विदेशी चारसहित दश टोलीको सहभागिता रहने समितिले जनाएको छ । उद्घाटन खेल दमक–११ र बागमती युवा क्लबबीच हुने छ । प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु छ लाख ११ प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २१ हजार दिइने छ । दमक गोल्डकप चैत १८ गतेसम्म चल्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.