Websoft University

डीडीसीले उपभोक्ता मुल्यमा प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गार्याे


काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम, दुग्ध विकास संस्थान डीडीसीले दूधको मुल्य बढाएको छ । डीडीसीले उपभोक्ता मुल्यमा प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा  किसानका लागि  र प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको छ ।

यसअघिको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको  थियो । मन्त्रिपरिषद्को निर्णय पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.