Websoft University

प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण


विराटनगर, १८ माघ । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३–३, तेहृथुममा २, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैचामा ४–४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २–२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रंगेली र बुढीगंगामा १–१, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, कनकाई र बुद्धशान्तिमा ४–४,  मेचीनगरमा ३, गौरीगञ्ज , शिवसताक्षी र स्थानीय तह नखुलेकामा १–१, सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा ३–३, इनरुवा, गढी र देवानगञ्जमा २–२, रामधुनी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९, धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारी र त्रियुगामा २–२, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २ र टेम्केमैयुङमा १, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा १–१, तेहृथुमको छथर र मेन्छेयायेममा १–१, संखुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ७७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७५ पुरुष र ३९७ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.