Websoft University

उद्योग संगठन मोरङद्धारा विद्युतीय भुक्तानी (ईपेमेन्ट) सम्वन्धी कार्यक्रमको आयोजना


विराटनगर २०७८ माघ १८,गते । रातो तारा डट कम,भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा अभिमुखिकरण कार्यक्रम आज मिति २०७८ माघ १८ गते, उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा सम्पन्न भएको छ ।  

नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले  प्रारम्भ गरेको विद्युतीय माध्यमबाट भन्सार महशुल भुक्तानीको प्रकृयाका सम्वन्धमा उद्योग व्यवसायका कार्यरत जनशत्तिको क्षमता अभिवृद्धि गरी यस सम्वन्धमा थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले वताए । 

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका माधव अधिकारी र दिपक कार्कीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा सेवाग्राहीले अपनाउनु पर्ने प्रकृया, भुक्तानीको माध्यम, उद्योगी÷व्यवसायीले अपनाउनु पर्ने सावधानी लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । 

यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अनलाईन मार्फत भुक्तानी गर्दा भोगीरहनु परेको समस्याका वारेमा अवगत गराउदै वैंक र भन्सारले आ–आफनो कार्यलय समयमा एकरुपता ल्याउनु पर्ने वताएका थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.