Websoft University

प्रतिवन्धित लागुऔषध सहित पक्राउ


मोरङ, फाल्गुन ३ गते । मोरङको सुनवर्षी नगरपालिका-८ स्थितबाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो । प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.