Websoft University

ठेकिको मोही मिठो गीत, सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर सार्वजनिक

 


काठमाडौं माघ १९ गते । रातो तारा डट कम, अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भएता पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको भनाई छिरिङको छ । 


उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत चालेका छन् । उनले अभिनय गरेको नयाँ सेलो गीत ठेकिको मोही मिठो तामाङहरुको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर सार्वजनिक भएको छ । भिडियोमा उनको जोडीको रुपमा सरिता राना मगरले साथ दिएकी छिन् भने करन तामाङ र डीबी दोङको समेत अभिनय समेटिएको छ । 

छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जीतु लोप्चनको स्वर रहेको छ । त्यसै गरी चाँद सिंहले एरेञ्ज गरेका छन् । 

गीतको भिडियोमा राजिव आचार्यको कोरियोग्राफी, बिजय लामाको छायाँकन, राजेश कुमारको सम्पादन तथा धनबहादुर तामाङ ९सागर गोले०को निर्देशन रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.