Websoft University

`दुबै पक्षलाई जिताइदिनुभयो,एउटा फोटो खिचौँ न उपमेयर ज्यू!´



मोरङ बेलबारी/१९ माघ । रातो तारा डट कम,बेलबारी नगरपालिकाको न्यायिक समितिले हरेक दिन जसो इजलास बसेर न्याय निरुपण र मेलमिलाप गराउँदै आएको समितिले जनाएको छ।औपचारिक अनौपचारिक गरेर हालसम्म लगभग पच्चीस सय भन्दा बढी उजुरीहरु किनारा लगाईसकेको न्यायिक समिती बेलबारीले जनाएको छ। महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिईरहेको छ।

 


हिंसा र विवाद अन्य समयमा भन्दा महामारीको समयमा दोब्बर बढेको छ।पीडितहरु कतै श्रीमानले कुटेर घर बस्न पाइनं भनेर रुँदै आउँनुहुन्छ,कोही ज्येष्ठ नागरिक सन्तानले हेरेनन्  न्याय दिनुहोस् भन्दै आउनुहुन्छ,सम्बन्ध विच्छेद भइसकेका बाबुआमाका सन्तान सगोलको सम्पत्ति थाहा नपाई बेचिंदैछ नाबालकको हक सुनिस्चितताका लागि घरजग्गा रोक्का गरिपाउँ भनेर असह्य पीडा लिएर आउनु हुन्छ।महामारी छ लकडाउन छ भनेर म चुपचाप उहाँहरुको समस्या वेवास्ता गर्न सक्दिनँ।कतिपय अवस्थामा न्यायिक निर्णय भयो भएन,दुबै पक्षहरुलाई हाम्रो निर्णयले खुशी भएर जित जितको महशुस भयो भएन भनेर अध्ययन गर्छौ।उहाँहरु धन्यवाद दिंदै " दुबै पक्षलाई जिताइदिनुभयो,एउटा फोटो खिचौँ न उपमेयर ज्यू!"भन्नुहुन्छ। पक्षहरुबाटै यस्तो प्रतिक्रिया पाउँदा झन खुशी लाग्छ- उपमेयर पराजुलीले भनिन् ।

 


भीडभाड नहुने गरि स्वास्थ्य सुरक्षाका आधारभूत प्रक्रियाहरु तथा विधिहरु अपनाएर भएपनि नगरपालिकाको न्यायिक समितिले पीडितले वास्तविक न्यायको प्रत्याभूति गर्नेगरी काम गर्ने गरेको न्यायिक समिती सदस्य धनमाया वि कले बताएकी छन्।


हालसम्म न्यायिक समितिमा दर्ता भएका विवादहरु र समितिमा आउने सेवाग्राहीहरुको चहलपहल हेर्दा बेलबारी धेरै विवाद दर्ता हुने नगरपालिकामा पर्छ।समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा  धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण थोरै विवाद प्रक्रियामा रहेका बाहेक अधिकांश विवादहरु किनारा लागिसकेका छन् ।बेलबारी नगरपालिकाको न्यायिक समिति  सुरुवातका दिनमा अर्थात समिति गठन हुनेबित्तिकै स्थानीय तहहरुमध्ये देशमै पहिलोपटक सम्बन्ध बिच्छेदको सम्पूर्ण काम किनारा लगाएर स्थानीय सरकारबाट नै पहिलोपटक सम्बन्ध बिच्छेद गरेर चर्चामा रहेको थियो।हाल उक्त कानुन परिमार्जन भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.