Websoft University

विराटचौकमा सरकार विरुद्ध प्रदर्शन!


सामना भट्टराई,मोरङ। रातो तारा डट कम,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको सुन्दरहरैंचा नगर कमिटीले बुधबार वर्तमान सरकार विरुद्ध विराटचोकमा विरोध प्रदर्शन गरेका छन् ।

वर्तमान सरकारले पेट्रोलिय पदार्थ लगायत दैनिक उपभोग्य सामाग्रीमा अत्यधिक मूल्यवृद्धि गरेको, वर्तमान सरकारका मन्त्री रेणु यादवले नागरिकको ज्यान मार्ने धम्कीपूर्ण अभिव्यक्ति दिएर हिंसा भड्काउ खोज्दा समेत कुनै कारवाही नगरेको, नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको र तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै देशव्यापी कार्यक्रम अनुशार विरोध प्रदर्शन गरिएको हो ।

¥याली निकालेर प्रदर्शन सुरु गरेका उनीहरुले स्थानीय विराटचौकमा भेला भएर कोणसभा गरेका थिए । प्रदर्शनमा सहभागिहरुले मूल्य वृद्धि नियन्त्रण गर, तस्करी कालोबजारी नियन्त्रण गर, स्थानीय तहको निर्वाचन घोषणा गर, किसानालाई मलखादको व्यवस्था गर भन्दै नाराजारी समेत गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाले वर्तमान सरकारले देशलाई अधोगतिमा लगेको भन्दै सबै एकजुट भएर खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अविलम्ब स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग समेत गर्नुभयो । यस्तै नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकालले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गरेर निर्वाचनको सुनिश्चितता गर्न माग गर्नुभयो । उहाँले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै सबैले खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सदस्य प्रविण घिमिरेले वर्तमान सरकारलाई भारतीय कम्फरटेवल सरकारको संज्ञा दिंदै कांग्रेसले आफ्नै पार्टीकोराष्ट्रियताको नाराभुलेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले जनमत विपरित गठबन्धन गरि सरकार बनाएर आफ्नै पार्टीको लोकतन्त्रको नाराको धज्जि उडाएको दावी गर्नुभयो । यस्तै राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझीले सरकारले अविलम्व माग सुनुवाइ नगरे आफुहरु जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले वर्तमान गठबन्धन सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर आफु अनुकुल चलाउन खोजेको भन्दै त्यसो गरे आफुहरु चुपलागेर नबस्ने चेतावनी दिनुभयो । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले पनि सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल मोरङले यसअघि सोही विषयमा ध्यानाकर्षण गराउँदै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र समेत बुझाइ सकेको छ भने बेलबारीमा विरोध प्रदर्शन समेत गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.