Websoft University

आफ्नै कार्यकालमा भुमिहिन नागरिकहरुलाई भूमि उपलब्ध गराउने: शिव ढकाल


सामना भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकामा राष्ट्रिय भुमी आयोगको स्थानिय सेवा केन्द्र स्थापना भएको छ । आयोगले नगरमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले उक्त कार्यालय स्थापना गरेको हो ।


आवासविहीन नागरिकका परिवारलाई भूमि उपलब्ध गराइ योजनाबद्ध, एकीकृत र सुरक्षित बस्ती निर्माणमा मद्दत गर्ने कामका लागि स्थानिय सेवा केन्द्रको स्थापना गरिएको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले बताए । नगरप्रमुख ढकालले आफ्नै कार्यकालमा भुमिहिन नागरिकहरुलाई भूमि उपलब्ध गराउने बताए ।

स्थानिय सेवा केन्द्रको कार्यालय उद्घाटन राष्ट्रिय भुमी आयोगका अध्यक्ष केशव निरौला र सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले गरेका थिए । कार्यालय उद्घाटनपछि निरौलाले सुन्दरहरैचाका भुमिहिन नागरिकहरु लामो समयदेखी भुमीको पखाईमा भएकोले नागरिकका आकांक्षा बमोजिम आयोगले काम गर्ने बताए ।

कार्यालय उद्घाटनमा आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, केन्द्रिय सदस्य सरिता महर्जन, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, भुमी आयोग मोरङ अध्यक्ष सुशिला घिमिरे , भुमी आयोग झापा अध्यक्ष तिलक पाण्डे, सुन्दरहरचा नगरपालिकाका उपप्रमुख धनमाया तमाङ, प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराई, जनप्रतिनीधी र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय भुमी आयोगले सुन्दरहरैचा नगरपालिकाको लागि वडा नं ८ मा रहेको वडा कार्यालयको भवनलाई स्थानिय सेवा केन्द्रको रुपमा प्रयोग गर्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.