Websoft University

एमसीसीको विरुद्ध सुन्दरहरैंचा युवा सेवा समाजद्वारा विरोध प्रदर्शन


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा सुन्दरहरैंचा युवा सेवा समाजका युवाहरुले राष्ट्रघाती एमसीसीको विरोध प्रदर्शन गरेका छन्।आज मंगलबार दिउँसो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरुद्ध युवाहरुले सलकपुर भुल्के बचत देखि सुन्दरहरैंचा नगरपालिकाको कार्यालय अगाडि सम्म कोणसभा गरि विरोध प्रदर्शन गरेका छन्।


सो प्रदर्शनको क्रममा सुन्दरहरैंचा युवा सेवा समाजका अध्यक्ष सुवास पाण्डेले जनताको आन्दोलनबाट राष्ट्रिघाती एमसीसी खारेज गर्नुपर्नेमा जोड दिएका छन्। त्यसैगरी सुन्दरहरैंचा युवा सेवा समाजका सचिव सरोज लुइँटेलले सरकारले माग सुनुवाइ नगरे आफुहरु जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

यस्तै प्ले कार्ड सहित विरोध प्रदर्शनमा उत्रेका हाम्रो नेपाल हामी नेपाली संस्था प्रदेश नं १ का संयोजक चन्द्रमणि पौडेल, युवा नेता निश्चल घिमिरे, रचना घिमिरे, कृष्ण श्रेष्ठ लगायतले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट जसरी भए पनि पास गर्न नहुने धारणा राखेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.