Websoft University

२४ घण्टाभित्रै ७ वटा भरुवा बन्दुक सहित मानिस पक्राउ


काठमाडौ । रातो तारा डट कम, घट्ना- जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं। २ स्थित मनकामना सामुदायिक बन भित्र केहि ब्यक्तीहरु भरुवा बन्दुक सहित हिडिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा हिजो मिति २०७८।१०।२९ गते अं। १४.  वजेको समयमा  ईलाका प्रहरी कार्यालय पिपरा प्रमुख प्र।नि। दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली उक्त स्थानमा खटि गई उक्त समुदायीक बन भित्र जिल्ला अर्घाखाची शितगंगा नगरपालिका वडा न।पा। १४ बस्ने बर्ष ५० को विर बहादुर सोमै मगर र ऐ।ऐ। बस्ने बर्ष २८ को खिम बहादुर मगर समेतको साथबाट थान-२ एक नाले भरुवा बन्दुक (लोड गरिएको अवस्थामा) फेला पारिएकोमा निजहरुलाई तत्काल पक्राउ गरी हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको छ ।

 


त्यस्तै घरमा बन्दुक लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको  आधारमा  कपिलबस्तु वाणगंगा नगरपालिका वाड नं ९ चौवा बस्ने बर्ष ६० को रामसमुज थारु को घरमा ईलाका प्रहरी कार्यालय पिपराबाट प्र. नि. दिनेश गुरुङको कामन्डमा- ९ जनाको टोलि खटिइ गई निजको घर सगैँ रहेको गोठमा खानतलासी गर्ने क्रममा  गोठको छानो मुनि प्लास्टिकले छोपी राखेको अबस्थामा थान-५ (लोड गरी राखिरहेको अबस्थामा)  भरुवा बन्दुक बरामद गरी निज रामसमुज थारुलाई तत्काल पक्राउ गरी थप अनुसन्धान भैरहेको  छ ।      

निजहरुको बरामद गरिएका सामाग्रीहरु :- भरुवा बन्दुक(लोड गरिएको अवस्थामा रहेका) – थान ७


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.