Websoft University

प्रशासकीय भवनको शिलान्यास


सुनसरी २०७८ फागुन  १ गते । रातो तारा डट कम,  पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नुभएको छ ।

इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तर पट्टि भवनको शिलान्यासगर्नुभएको हो । ९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपिँयाको लागतमा छ तले भवन निर्माण हुने छ । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरपालिकामा भएका विकास निर्माणका कार्यको प्रशंसा गर्नुभयो ।

जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद,सिद्धान्त हुन नसक्ने उहाँको भनाई छ । उहाँले जनप्रतिनिधिहरु जनताको अडिटिङमा खरो उत्रन सक्नुपर्नेमा जोड दिनुभयो । पूर्व उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहहरुले आधारभूत रुपमा उल्लेख्य कार्य गरेको वताउनुभयो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीको विकास र सम्वृद्धिका लागि उल्लेख्य कार्य भएको वताउनुभयो । जनताको सहयोगमा पूर्वाधार निर्माणमा इटहरीले फडको मारेको उहाँको दावी छ । अव वाँकी १सय दिनमा पचाँस वढि योजना उदघाटन र शिलान्यास हुने प्रमुख चौधरीले जानकारी दिनुभयो ।

उपप्रमुख लक्ष्मी गौतमले कोभिडका कारण पाँच सय दिन विकास निर्माणका काम प्रभावित भएपनि भौतिक पूर्वाधार निर्माणमा इतिहाँस रच्न सफल भएको वताउनुभयो । उहाँले गाँउ गाँउका सडक कालोपत्रे भएको,२ वटा वाहेक सवै वडा कार्यालय भवन निर्माण,१४ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा उपमहानगरका प्रमुखप्रशासकीय अघिकृत सूर्यप्रसाद सुवेदीले स्वागतगर्नुभयो । इटहरी वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ इन्जिनियर जीवन घिमिरेले भवनको प्राविधिक पक्ष र लागतका वारेमा प्रष्ट पार्नुभयो । यसैबिच पूर्व उपप्रधानमन्त्री पोखरेलले आजै इटहरी वडा नम्वर १७ खर्सेला खोलामा निर्मित पूलको उदघाटन गर्नुभयो । २२ लाख १ हजार लागतमा निर्मित पूल उदघाटन गर्नुभएको हो । कार्यक्रम वडा नम्वर १७ का अध्यक्ष भगवान लाल शाहको अध्यक्षतामा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.