Websoft University

भन्सार एजेन्टको परीक्षा फागुन २८ मा हुने—परिक्षा केन्द्र भने अझै टुङ्गो लगाइएको छैन


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम, विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको  छ । २२ वर्षपछि भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९ माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर परिक्षा केन्द्र पछि तोक्ने गरी नयाँ मिति तय गरेको कुरा सबैलाई जानकारी गराएको छ । २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुनेछ । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न अदालतमा परीक्षा रोक्न माग गर्दै मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढउन नसकेको उल्लेख गरेको छ । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने गर्दछन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोट गरी पाँच सय ८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो सङ्ख्या अहिले घट्दै गएर एक सय ७० जनामा सीमित भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.