Websoft University

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुग्यो


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टि–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए र चार देश सम्मिलित टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्न आज विहान ओमान पुगेको छ । हिजो साँझ ६ः३० बजे त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली क्रिकेट टोली युएई हुँदै आज स्थानीय समय अनुसार विहान ३ः३० बजे ओमानको मस्कट शहर पुगेको हो । नेपाली क्रिकेट टोलीको पिसिआर टेष्ट गरि आफनो अभ्यासको काम लाग्ने छन । नेपालले विश्वकप छनोट अघि चार देश सम्मिलित टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार घरेलु टोली ओमानसँग खेल्नेछ । विश्वकप छनोटमा एकै समूहमा रहेका यी दुई टोलीबीच टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको नतिजाले स्तरमापन गर्नेछ । दुबैलाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछन् । शुक्रबार नेपाल र ओमानबीच खेल दिउँसो ३ ४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । त्यस्तै नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.