Websoft University

सङ्खुवासभामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु


मोहन कुमार राई --२४  माघ । रातो तसरा डट कम, सङ्खुवासभा,— खाँदबारी नगरपालिका वडा नं. ९  स्थित सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  

तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश–२–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा परि गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्रातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेको हो ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.