Websoft University

वालवालिकालाई नयाँ कपडा वितरण


सुनसरी  इटहरी माघ २४ गते । रातो तारा डट कम,  इटहरी उपमहानगरपालिकाका दुईवटा वालविकास केन्द्रका ८४ जना वालवालिकालाई इटहरी उपमहानगरपालिकाद्धारा नयाँ नाना वितरण गरिएको छ ।

लोकतान्त्रिक वालविकास इटहरी १७ र श्रृजनशील वालविकास इटहरी १६का वालवालिकालाई हिजो र आज उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर हिजो र आज कपडा वितरण गरिएको हो ।

पर्वका वेला वालवालिका नयाँ लुगा लगाउन चाहन्छन  विपन्न परिवारका वालवालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले वताउनुभयो । नयाँ नाना लगाउन पाउदा वालवालिका हर्षित देखिन्थे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.