Websoft University

टी २० क्रिकेटमा नेपालको वरियता खस्कियो


काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम, टी २० क्रिकेटको वरीयतामा नेपाल दुई स्थान तल झरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जानकारी गराएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरियता खस्किएको जनाएको छ । यसअघि १३ औं स्थानमा रहेको नेपाल १५ औं स्थानमा झरेको छ । हिजै भएको खेलमा जित निकाल्दै युएई र आयरल्याण्डले भने वरीयतामा आफ्नो स्थान कायमै राखेका छन् । 

नयाँ वरीयताक्रमले १२ औं स्थानमा यूएई, १३ औं स्थानमा स्कटल्याण्ड, १४ औं स्थानमा आयरल्याण्ड र १५ औं स्थानमा नेपाल रहेका जनाएको छ । वरीयताको शीर्ष पाँचमा भारत, इङ्ग्ल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड र साउथ अफ्रिका रहेका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.